अनेरास्ववियूले गर्‍यो स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग

काठमाडौं । नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता माग गरेको छ । अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलिले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापन-पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मुल मर्मलाई आत्मसात गर्नु हो ।’

ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्रा अधिकारीले अनेरास्ववियूको उक्त मागप्रति त्रिवि सकारात्मक रहेको र नीतिनिर्माण कै तहमा उक्त मागलाई बिषय बनाएर उठाउने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन गराउने तयारी गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *