काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्ष (२०७९/८०) को बजेट समीक्षा सार्वजनिक गर्दैछन् ।
प्रतिनिधिसभाको जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको समीक्षा पेश गरेका हुन् ।
चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका हुन् । शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए । तर, माघ महिना सकिन लाग्दा समेत बजेट खर्च सन्तोषजनक देखिएको छैन ।

Leave a Reply