घनश्यामलाई स्वागत गर्दै माधव नेपालले भने- एमाले अब सुध्रिनेवाला छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् ।

नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेता भुसाल जोडिएपछि अध्यक्ष नेपालले खुशी व्यक्त गरे ।उनले हाम्रो पार्टी, राम्रो पार्टी, नेकपा एस भन्ने गीतको स्मरण गरे । नेकपा एमाले अब सुध्रिनेवाला नभएको उनको टिप्पणी थियो ।

उनले भने, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुग्यौं । अहिले घनश्यामजी पुग्नुभयो । अरु पनि पुग्दै जानुहुन्छ । उहाँहरुलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’

Comments

4 responses to “घनश्यामलाई स्वागत गर्दै माधव नेपालले भने- एमाले अब सुध्रिनेवाला छैन”

  1. bharat kumar Thapa Avatar

    तपाईंहरू जस्ता प्रतिक्रियावादी यो देशलाई तहसनहस गर्न जन्मिएको हो हामीले याद गरेका छौ।

  2. ksp pyl Avatar
    ksp pyl

    यी मन्त्री खान पार्टी फुटाउने वुद्वि भएका भारतका दलालहरूले एमालेलाई सिकाउने ? फटाहाहरूले एमाले छोडदा एमाले झन बलियो हुन्छ । रावल पनि गए हुन्छ । एमालेमा माधव, भुसाल रावलभन्दा अव्वल नेता कार्यकर्ता हजारौं छन् । दलाल जति गए हुन्छ ।

  3. Laleek Avatar
    Laleek

    कुचोले बढार्नु पर्ने कसिंगर हुरीले उडायो, धन्यवाद !

  4. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    घनश्याम भुसाल यसरी पतनको दिशामा लाग्छन् भन्ने थिएन। यिनी आफुलाई खुबै जान्ने सुन्ने दार्शनिक ठान्छन् तर यिनको त्यो ल्याकत देखिन्न। यस्ता रङ्ग फेर्ने हावा मान्छे आउँदा झलनाथ र माकु नेपालले स्वागत रे! अर्को जनाधार शुन्य भएको बेदुराम भन्ने छन् । भूगोलको कहिँ ठेगाना नभएको विजय पौडेल भन्ने पनि छन् ।काङ्ग्रेसले दिएर १० सिट आएको हो। एमालेलाई गाली नगरी यिनको केही पच्दैन। आफ्नो पिर गर। एमाले भन्ने शब्द उच्चारण नगरी बस। घनश्यामका गफ धेरै भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *