माधव नेपाल आन्तरिक परामर्शमा- प्रचण्ड सरकारलाई समर्थन कि सहभागिताबारे दुई धार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा आउन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र छलफल थालेका छन् ।

अध्यक्ष नेपाल सरकारमा सहभागिताबारे केन्द्रीयदेखि जिल्ला तहका नेताहरूसँग भर्चुअल माध्यमबाट सुझाव संकलन गरिरहेको उपमहासचिव गंगालाल तुलाधरले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामी अहिले सरकारमा जाने/नजाने कुनै निर्णय गर्दैनौँ । तल्लो तहबाट आएको सुझावको एउटा प्रतिवेदन बनाउँछौँ । पार्टी स्थायी कमिटीले त्यसबारेमा निर्णय गर्छ ।’
उनले सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने विकल्पबारे पनि छलफल भइरहेको बताए ।’

जारी भर्चुअल बैठकमा सहभागी अधिकांश नेताहरूले सरकारमा जानुपर्नेमा जोड दिएको अर्का एक नेताले बताए । सरकारमा गएर सम्मानजनक भाग लिनुपर्ने दबाब आएको ती नेताको भनाइ छ ।

Comments

One response to “माधव नेपाल आन्तरिक परामर्शमा- प्रचण्ड सरकारलाई समर्थन कि सहभागिताबारे दुई धार”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनलाई सरकारमा ल्याएमा सरकार नै भाँडछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *