तेस्रो इनिङ्समा प्रचण्डको दौरा सुरुवाल पोज, पहिलोपटक राष्ट्रिय पोशाकमा सपथग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवालमा सपथ लिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

यसअघि २०६५ तथा २०७३ मा दुईपटक प्रधानमन्त्रीको सपथ लिँदा प्रचण्डले कोट पाइन्ट लगाएका थिए । यसपटक भने नेपाली पोशाक सजिएका हुन् । आइतबार नाटकीय ढंगले राजनीतिमा नयाँ समीकरण बनेसँगै नेकपा एमालेलगायत सात दलका १७० जना सांसदहरुको समर्थनमा प्रचण्डले आफ्नो तेस्रो इनिङको प्रारम्भ गरेका हुन् ।

Comments

One response to “तेस्रो इनिङ्समा प्रचण्डको दौरा सुरुवाल पोज, पहिलोपटक राष्ट्रिय पोशाकमा सपथग्रहण”

  1. bharat kumar Thapa Avatar

    राष्ट्रिय पोसाकबाट सकारात्मक संकेत हो सुध्रिन लागेको हो, हो भने राम्रो भनौ ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *