काठमाडौं । साविक नेकपाभित्रको विवादबाट जोडिएको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीचको सहकार्य टुटेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रचण्डले प्रधानमन्त्री नपाएपछि प्रचण्ड-माधवको सहकार्यमा ब्रेक लागेको हो ।
केपी शर्मा ओलीले ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-माधव एकजुट भएका थिए । संसद विघटनविरुद्ध सडकबाट मोर्चाबन्दी थालेको दुई पुगेकै दिन प्रचण्ड-माधवको सहकार्य टुटेको हो ।
प्रचण्डले प्रधानमन्त्री बन्नका लागि फेरि एमालेसँग सहकार्य गरेपछि माधव नेपाल एक्लिएका हुन् । ओलीले संसद विघटन गरेपछि चार दिन विभिन्न बैठकपछि पुष १० गते निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब बढाउन सडक निस्किएका थिए ।
प्रचण्ड-माधवसहित झलनाथ खनाल, नारायणकाजीसहित शीर्ष नेताहरुले ओलीविरुद्ध माइतिघर मण्डलाको सडकमा ‘हामी यहाँ छौं’ भनेर बसेका थिए । जुन सामाजिक सञ्जालमा भाइरल बन्यो ।
तर, अहिले प्रधानमन्त्रीकै लागि सडकमा गएको दुई वर्ष पुगेकै दिने अलग भए । ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेका प्रचण्ड अहिले आफैं त्यही पुगेका छन् ।
सिंहदबार सफर तयार गर्न प्रचण्ड बालकोटको बार्दलीमा पुगेका हुन् । सत्ता बहिर्गमनपछि बालुवाटारबाट बाहिरिएपछि ओली बालकोटको बार्दलीमा पुगे सम्बोधन गरेका थिए । त्यही बेलादेखि बालकोटको बार्दली चर्चामा छ ।
अहिले प्रचण्ड ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको सुविधाजनक बहुमतसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरिसकेका छन् ।
प्रचण्ड प्रधानमन्त्री बन्दैगर्दा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भनेर सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
प्रचण्डको सत्ता यात्रा तय भएसँगै अध्यक्ष नेपाल प्रतिपक्ष कित्तामा उभिएपछि प्रचण्ड-माधवको सहयात्रा दुई बर्ष पुगेकै दिन ब्रेक लागेको हो ।

Leave a Reply