माधव नेपालको ब्रिफिङ- सल्लाह नगरी प्रचण्ड बालकोट गए, एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न

काठमाडौं । सत्ता गठबन्धन टुटेपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक जारी छ। पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष नेपालले गठबन्धनको बैठकबारे बिफ्रिङ गरिरहेका छन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग कुनै छलफल नगरी बालकोट भएको बताएका छन् ।

अध्यक्ष नेपालको भनाइ उदृत गर्दै एक नेताले भने, ‘प्रचण्डले कुनै सल्लाह नगरी गए त्यसैले हामीले अब प्रतिपक्षमा बस्नु उपयुक्त हुन्छ ।’

बैठकमा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल र कृष्णबहादुर श्रेष्ठ (किसान)लगायतका नेताहरू छन् ।

उनीहरुले एमालेसँग यथास्थितिमा कुनै हालतमा मिलेर जान नसक्ने निष्कर्ष निकालेका छन् ।

Comments

One response to “माधव नेपालको ब्रिफिङ- सल्लाह नगरी प्रचण्ड बालकोट गए, एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न”

  1. Ksp pyl Avatar
    Ksp pyl

    यस्ता धोकेवाजलाई हो एकल्याउने । अब पाल्छ यिनलाई काँग्रेसले। पैसा खर्च गरेर चुनाव जितेका यिनका व्यापारी साँसदलाई पो पर्यो फसाद । मन्त्री बनेर उठाउँला भनेको बर्बाद भयो । अब ती पनि जोगी हुने भए । हुन त माधवलाई छोडेर एमाले मै फर्किए भैहाल्छ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *