देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।

पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो । फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।

पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।

देउवाको भनाइ थियो- होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।

पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।

Comments

2 responses to “देउवालाई वर्षमानले भने- सहयात्रा यहीँ टुंगियो, देउवाको जवाफ- म मिलाउँछु यार”

  1. Ksp pyl Avatar
    Ksp pyl

    ईण्डो अमेरिकी एम्बुसमा पहिलेनै परेर त ओलि हटाउन हिडेका । तिमीहरू पनि कहिले प्रतिक्रियावादी भन्दै काँग्रेसका टाउक‍ा काटदै हिडछौ । कहिले शान्ति प्रक्रिया भन्दै उसैसँग सहमती गर्छौ । कहिले एमालेसँग मिलेको बेलामा अब ५० वर्षलाई काँग्रेस गयो भन्छौ । फेरि ३ वर्ष नपुग्दै २३ सिटे काँग्रेसलाई प्रधानमन्त्री खाईदेउ न भन्दै खुट्टा मल्छौ । फेरि भरखर चुनावबाट ठूलो दल बनेको काँग्रसको नेतृत्व मान्दैनौं भन्छौ । नौटङ्की भयौ तिमीहरू । चरम पदलोलुप प्रचण्डले देश बर्वाद बनाए । यिनलाई राजनीतिबाटै बिदा गरिदिउँ ।

  2. हरी ओम् तत्सत् Avatar
    हरी ओम् तत्सत्

    मारवोलो चुरोटको एक विज्ञापन “हम् रेड एन्ड ह्वाइट पिनेका वातै कुछ और हे” यहि हो सत्ता ठगवन्धनको छिना झम्टी। यिनलाई सत्ताको हड्डी तान्न पर्यो। वस यत्तिमा यिनको ध्याउन्न, देशलाई त भांडमा लगिसके अब के नै बांकी छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *