युक्रेन जिउँदै छ: युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युद्ध सुरु भएयता पहिलो पटक अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेन अझै जिउँदै रहेको र कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने अभिव्यक्ति दिएका छन् ।

यस्तै जारी रुस युक्रेन युद्धमा अमेरिकाले युक्रेनलाई गरेको सहयोग ‘च्यारेटी’ नभएर सुरक्षित भविष्यको लागि गरेको लगानी रहेको पनि बताएका छन् ।

अमेरिकामा गत नोभेम्बरमा भएको मध्यावधि चुनावमा हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूको बहुमत आएपछि युक्रेनलाई अमेरिकाले दिँदै आएको सहयोगमा कमी आउन सक्ने विश्व समुदायको अनुमानलाई लक्षित गर्दै जेलेन्स्कीले यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बीबीसीले जनाएको छ ।

यस सन्र्दभमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिका सदैव युक्रेनको पक्षमा अडिग रहने आश्वासन व्यक्त गरेका छन् । द्वन्द्वको लागत र विश्वव्यापी खाद्य र ऊर्जा आपूर्तिमा अवरोधको तनाव महसुस गर्न सक्ने चिन्ताको बीचमा, अमेरिकी राष्ट्रपतिले युक्रेनको समर्थनको एकताको बारेमा ‘धेरै राम्रो’महसुस गरेको पनि बताएका छन् ।

यस्तै अमेरिकाले युक्रेनलाई थप १.८५ अर्ब अमेरिकी डलर तथा पैट्रियट मिसाइल प्रणाली सहयोग प्रदान गर्ने पनि घोषणा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *