भाडावृद्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने महासंघको चेतावनी

काठमाडौ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र तत्काल भाडा वृद्धि नगर्न आग्रह गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले भाडाबृद्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकी देवानी संहिता ऐन २०७४ को करार तथा दायित्व सम्बन्धि व्यवस्थाको दफा ५०८ का कार्यहरु पुरा नगरी औद्योगिक क्षेत्र लिमिटेडले जमिन तथा भाडाको बृद्धि गर्नु न्यायिक हुदैन, हामी यसलाई मान्न तयार छैनौ ।’

भाडा वृद्धि फिर्ता नभए उद्योगिहरुले औद्योगिक क्षेत्र व्यवस्थापनलाई कुनै पनि शुल्क नतिर्ने महासंघले भनेको छ । भाडावृद्धि औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको महासंघको ठहर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *