महानगर दिवसमा नि:शुल्क स्वास्थ्य शिविर (तस्बिरहरु/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगर र नेपाली सेनाको सहकार्यमा वृहत स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण गरिएको हो ।

सेनाको खेल मैदानमा शिविर आयोजना गरिएको महानगरले जनाएको छ । शिविरमा जनरल फिजिसियन, कार्डियोलोजि, छाति रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड बाल रोग, आँखा रोग, नाक कान घाटी रोग, नसा हाड जोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग, दन्त रोगको परीक्षण हुनेछ ।

उक्त शिविर आज र भोलि संचालन हुनेछ । शिविरको अवलोकन गर्न मेयर बालेन साह पनि पुगेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *