राष्ट्रिय राजनीतिमा भएको हाम्रो केन्द्रीय भूमिका कसैले खोस्न सक्दैन : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीतिमा माओवादी नै अझै निर्णायक शक्ति भएको दाबी गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै ०६४ को निर्वाचनपछि माओवादी एउटा तागतको रूपमा फैलिएको दाबी गरे।

उनले भने, ‘अहिलेको निर्वाचनपछि पनि १२२ पालिका माओवादीको कन्ट्रोलमा हुने कुरा भनेको सानो कुरा होइन। प्रदेशमा हामी ७४ को हाराहारीमै छौँ। खुम्चिएको छैनौँ। तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन। त्यसको कारणको खोजी र समीक्षा पनि गर्दै छौँ।’

माओवादी खुम्चिनुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर हुनु नभएको बताए।

उनले दाबी गर्दै भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका अहिले पनि केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्ने स्थिति देखिएको छैन।’

अहिले निराशा र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताए। आफूहरूले ०६४ मा ल्याएको नतिजा पचाउन नसकेकै कारणले अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ।

राष्ट्रिय राजनीतिमा आफूहरू निराश हुनुपर्ने कुनै कारण नभएको बताए। माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गरे।

Comments

One response to “राष्ट्रिय राजनीतिमा भएको हाम्रो केन्द्रीय भूमिका कसैले खोस्न सक्दैन : प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो भूमिका भनेको दलाली गर्ने, बिचौलिया बन्ने, बढी भन्दा बढी पद हत्याएर लुटने, लुटेको पैसा विदेश लैजाने र भारतको दलाली गर्ने हो ।यस्तो भूमिका कम्तिमा एमालेलाई निभाउनु छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *