जनतासँगका प्रतिवद्धताहरु इमानदारीताका साथ पूरा गर्छौं : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनतासँग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पुरा गर्ने बताएका छन् ।

जनमत पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राउतले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको भन्दै जनतासँग गरिएका प्रतिवद्धता इमान्दारीताका साथ पुुरा गर्ने बताएका हुन् ।

निर्वाचनमा जित्दा पाएको साथ र समर्थन काम गर्दा अझै बढि आवश्यक पर्ने उनले बताए । राउतले आफूहरुले काम गर्न नसके देश र जनता निराशामा जाने भएकाले पाएको जिम्मेवारी गर वा मर को अवस्थामा पुरा गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *