ओलीलक्षित बाबुरामको चेतावनी- भौगोलिक अखण्डतालाई चुनावी मुद्दा बनाउन पाइँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै चुनावी स्वार्थका लागि भौगोलिक अखण्डताको मुद्दा उछाल्नु फासिवादको यात्रा हुने टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा समेटिएको दार्चुलामा पुगेर गठबन्धनलाई लम्पसारवादी र कालापानीको क पनि उच्चारण गर्न नसक्ने भनी टिप्पणी गरेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

डा. भट्टराईले ट्वीटमार्फत ओलीको नाम नलिई देशको भौगोलिक अखण्डताको मुद्दालाई कुनै दल विशेष वा व्यक्ति विशेषको मुद्दा बनाउन नहुने बताएका हुन् । उनले नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सनसमेत चेतावनी दिएका छन् ।

भट्टराईले भनेका छन्- देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ । यदि कसैले चुनावी स्वार्थकालागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ । नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं ।

ओलीले दार्चुला र बैतडीका आमसभामा चुच्चे नक्सामा नेपालको भूभाग समेटेपछि आफूलाई हटाउँन अहिलेको गठबन्धन बनेको भन्दै गुमेको भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।

Comments

4 responses to “ओलीलक्षित बाबुरामको चेतावनी- भौगोलिक अखण्डतालाई चुनावी मुद्दा बनाउन पाइँदैन”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतीय दलालको चित्त दुखेछ । अझै भन ओलि बा ।

  2. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    यो भट्टराई पुर्णत भारतिय एजेण्ट हो ।

    1. ksp pyl Avatar
      ksp pyl

      हो । भारतीय एजेण्ट भएकैले एमाले हराउन र छोरी जिताउन आफूले त्यस्तो गाली गरेको प्रचण्डको पाउमै परेको देखियो । राजनीति यतिसम्म तल गिरेको देखिएको थिएन । मालिकको आदेश पनि पालना हुने र छोरी जिताउन पनि पाईने ।

  3. Arjun Chapagai Avatar
    Arjun Chapagai

    भारत का दलालले भारतलाई खुसि पार्न केपी ओली लाई बोल्न पाउदैनस भन्नु उसको निम्ति मालिक लाई रिझाउने एउटा काइदा होला
    तर देशभक्त हरु केपी ओली लाई रास्ट्रको रक्ष्यक मान्छन। भोलि जनताले यस्ता दलाल हरुलाई हदै सम्मको सजाय दिनुपर्ने हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *