धादिङबाट प्रचण्डले भने- गठबन्धनले नजिते देश हार्छ, राजावादी र विखण्डनकारीले जित्छन् (भिडिओ)

धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले चुनाव नजिते देश हार्ने भन्दै देशलाई जिताउन पनि सबै विगतका तितामिठा त्यागेर एक आपसमा मत दिन गठबन्धन आबद्ध दलका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङको सल्यानटारमा आयोजित गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देश विखण्डन गर्ने प्रतिगामी गठबन्धनले जित्ने खतरा रहेको बताए ।

प्रचण्डले भने–यो निर्वाचन एउटा ब्याटल बनेको छ । गठबन्धन जित्दा देश जित्छ । अहिले दुई वटा गठबन्धन छन् । एउटा शान्ति प्रक्रियादेखि लोकतान्त्रिक गठबन्धन छ । अर्को गठबन्धनमा राजावादी, देश विखण्डन गर्ने अलगाववादी, अतिवादी र संविधानविरोधीहरु छन् । त्यसैले आग्रह पूर्वाग्रह छाडेर इतिहासको आवश्यकता अनुसार बनेको गठबन्धन जिताउनुपर्छ ।

अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीदेखि अहिलेसम्म सहकार्य गरेको गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भूमिका प्रस्ट्याउँदै तत्कालीन एमालेको प्रमुख माधव नेपाल नभएको भए त्यस बेला के हुन्थ्यो भन्ने गम्भीर प्रश्न खडा भएको बताए ।

Comments

One response to “धादिङबाट प्रचण्डले भने- गठबन्धनले नजिते देश हार्छ, राजावादी र विखण्डनकारीले जित्छन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    गठकन्धनले जितेमा देश पराधिन हुन्छ । देशको अस्तित्व सकिन्छ ।त्यसैले देशक‍ो अस्तित्व जोगाउन देशभक्तहरूलाई रोज्ने निर्णय गरें मैले त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *