काठमाडौं । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।
गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएका छन् ।
काठमाडौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाडौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन् ।
साझा उम्मेदवारको सूची सार्वजनिक गरेर केही ठाउँका विवाद छलफलबाट हल गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।

Leave a Reply