चर्को घामले सताएको वेलामा रूखको छायाँमा बस्दा छुट्टै आनन्द आउँछ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कतिपय विषयमा असहमति रहे पनि साझा उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विगतका तीतामीठा कुरालाई बिर्सेर गठबन्धनको साझा मुद्दालाई लिएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

अध्यक्ष भट्टराईले भने, ‘चर्को घामले सताइरहेका वेला हँसिया बोक्ने किसान, हथौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवी एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खाँदा जुन आनन्द आउँछ, त्यसलाई सम्झिएर आफ्नो चिन्ह छान्दै भोट हाल्नुहुनेछ भन्ने विश्वास लिएको छु । ’

उनले सत्ता गठबन्धनसँग एमाले गठबन्धनको तुलना गर्न नमिल्ने बताए ।

Comments

2 responses to “चर्को घामले सताएको वेलामा रूखको छायाँमा बस्दा छुट्टै आनन्द आउँछ : बाबुराम भट्टराई”

  1. ksp pyl Avatar
    ksp pyl

    आफैंले भ्रष्टाचारी भनेको प्रचण्डेको पुच्छर हुनु पाउँदा छाहारी महशुस ?

  2. कृष्ण Avatar
    कृष्ण

    कुकुर ! यहि नै गर्नुथ्यो भने ती हजारौ काङ्रेसी हरुको किन हत्या गरिस ? किन तिनिहरुको सम्पत्ति लुटिस ? देशको बिकाश पचासौ बर्ष पछाडी पुग्यो कसको लागि र किन गरिस यसको जबाब दे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *