प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ?

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजमा निर्वाचन सम्बन्धी अपलोड भएको भिडियो केहिबेरमै हटाइएको छ ।

उक्त भिडियो अपलोड गर्दा शीर्षक राखिएको थियो- माओवादीका लागि मधेशः ‘गर्भ से कहुँ हम मधेशी छिको नारा’देखि मधेशको आफ्नै प्रदेश सरकारसम्म । भोजपुरी भाषामा तयार पारिएको उक्त भिडियोमा क्रान्तिकारीको समानान्तर कमिटी पवन कार्की समूहका प्रवक्ता उपदेश यादवले रोल प्ले गरेका हुन् ।

२ मिनेट ३४ सेकेण्डको उक्त भिडियो संगठनको विवादका कारण हटाउन दबाब परेको सो समूहका नेताको आशंका छ । तर यो भिडियो हटाउनुको पछाडि अन्य कारण पनि हुनसक्ने अनुमान छ ।

भिडियोमा ०४८ सालमा स्व. गजेन्द्र नारायण सिंहले काठमाडौंमा भाषण गर्दा विरोध भएको र पछि माओवादी युद्धकै कारण मधेशीको अधिकार र पहिचान स्थापित भएको देखाइएको छ । साथै माओवादी युद्धकै कारण मधेशीले राष्ट्रपति र मुख्यमन्त्रीसम्म बनेको व्याख्या भिडिओमा गरिएको छ ।

भिडिओ:

राष्ट्रपति र मुख्यमन्त्रीलाई पनि आफ्नै भनिएको छ । जबकी माओवादीले पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजा प्रसाद सिंहलाई बनाएको थियो । मधेसमा मुख्यमन्त्री भने जसपाको लालबाबु राउत छन् । देशमा भएको राजनीतिक परिवर्तनमा मधेस आन्दोलन र जनआन्दोलनलाई भिडियोमा बेवास्ता गरिएको छ । जसले गर्दा भिडियो विवादित हुनसक्ने भनेर पनि पेजबाट हटाएको हुनसक्छ । प्रचण्डपुत्री गंगाको फेसबुक पेजमा भने यो भिडिओ अहिले पनि छ ।

 

Comments

One response to “प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ?”

  1. bharat kumar Thapa Avatar

    यो प्रचण्ड भन्ने फटाहा मान्छे हुन उनलेे गौर हत्याकाण्ड को हिसाबकिताब खै जहा गयो त्यहीँ बिगार्ने मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *