शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासको एउटा कालखण्डमा भिडेका कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो नभएको टिप्पणी गरेका छन्।

गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो हामी इतिहासको एउटा कालखण्डमा आमनेसाममने भिडन्त गरेका पार्टीहरू हौँ। कांग्रेस र माओवादी मुख्य रूपमा। ती दुईवटा पार्टीहरूको बिचमा राजनीति भावनात्मक सम्बन्ध सुदृढ गर्न मैले अस्वाभाविक ठान्दिनँ। हिजोको घटनाक्रमलाई स्मरण गर्दा सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो कुरा चाहिँ होइन।’

नेपालको इतिहासमा राजनीति रक्षाको जग १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता नै भएको दाबी गरे।

‘शान्ति सम्झौतामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले र मैले हस्ताक्षर गरेको छौँ। त्यहीबाट राजनीतिक परिवर्तनको युगको सुरुवात भएको हो। त्यो कामको नेतृत्व सबैको सहयोग मिलेकै कारणले शान्ति सम्झौता भएको हो’ उनले भने, ‘मैले कता कता माओवादीले कसरी रुखमा भोट हाल्ने ? कांग्रेसले कसरी हँसिया हथौडामा भोट हाल्ने ? भनेको सुन्छु। त्यसो हो भने तपाईँहरूले विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन।’

गठबन्धनलाई स्वीकार गर्न असहज ठान्नुले संविधानसभाको महत्त्व र संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मसाथ गर्न नसकेको प्रमाणित हुने बताए।

उनले भने, ‘गिरिजाबाबुसँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गर्नु भनेकै मैले रुखमा भोट हाल्नु हो। उहाँले हँसिया हथौडामा भोट हाल्नु हो। अनि तपाईँहरू चाहिँ राजनेता भन्ने अर्कोतिर भोट नहाल्ने भयो भने बुझेको ठहरिन्छ त।’

उनले माओवादी, कांग्रेस, एकीकृत समाजवादी र समाजवादी पार्टी मिलेर देशलाई विकासको नयाँ मोडेल दिने दाबी गरे।

Comments

2 responses to “शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो : प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अघिल्लो चुनावको काँग्रेस विरोधी र ओलिको गुणगान गाएको यिनको भाषण र अहिलेको भाषण सुनेर छुट्टयाउनुहोस के नेपाल यस्ता अस्थिर र चटके नेताले चल्छ ? एमसिसि पास नगर्ने भनेर कार्यकर्तालाई सडकका बार भाँच्न लगाउने र अमेरिकालाई पत्र लेखेर र काँग्रेससँगको बैठकमा जसरी पास गर्नुपर्छ भन्ने । नागरिकता विधेयकमा ७ वर्षे प्रावधान राख्न लगाउने पहिला तर अहिले भोलिपल्टै दिन मिल्ने गरि पास गर्ने । ओलि छँदा आजै हट भोलि हट भन्ने तर देउवा हुँदा चुप लाग्ने । यसबाट के प्रमाणित हुन्छ भने यिनले राजनीति २ कामको लागि गरेका हुन् । एक भारतको ईशारामा नेपाललाई उसको अनुकुल ठाउँ बनाउन जे पनि हरकत गर्ने ( १७००० मान्छे मार्ने सम्मको) र अर्को राजनीतिबाट कुस्त कमाउने अनि आफ्नालाई पोस्ने । चुनावमा जनताले न्याय गर्छन भन्ने अपेक्षा छ ।

  2. Nagendra Avatar
    Nagendra

    काङ्रेस – माओवादी एउटै रहेछ नि त पार्टि नाम मात्र २ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *