घरमा काम गर्न राखेकी किशोरी बलात्कार, भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं । घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्।

उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *