काठमाडौं । नेपाली कांग्रेसको टिकट वितरणमा ४० प्रतिशत हिस्सा नपाए देशभर विद्रोह गर्ने चेतावनी शेखर कोइराला पक्षले दिएको छ ।
शनिवार काठमाडौंमा आयोजित शेखर पक्षको खबरदारी सभालाई सम्बोधन गर्दै युवा नेता मनोजमणी आचार्यले न्यायोचित वितरण नभए ४० प्रतिशत चाहिने बताए ।
आचार्यले भने– हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो रु महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ,चाहिन्छ र चाहिन्छ । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने भने आज शेखर पक्षलाई किन नचाहिने ? अब यो यात्रा देशभर चल्छ ।
आचार्यले कांग्रेस एक्लै लड्दा बहुमतनजिक पुग्ने अवस्था रहे पनि सभापति देउवाले गठबन्धनका नाममा पार्टीभित्रको इतर समूहलाई नामेट पार्न खोजेको आरोप लगाए ।
आचार्यले भने– शेरबहादुर देउवालाई दायाँतिर प्रचण्ड,बायाँतिर माधव नेपाल र उपेन्द्र यादव भए पुग्ने हो रु पार्टीभित्र कसैलाई टाउको र कसैलाई पुच्छर मात्र खा भन्ने तरिका चल्दैन अब ।
आचार्यले पार्टीभित्र न्यायोचित वितरण र भातृ संस्थालाई पूर्णता दिन माग गर्दा देउवाले गठबन्धनको भागबण्डाबाहेक केही नदेखेको बताए ।

Leave a Reply