कैलाली । कार्यकाल सकिँदै गर्दा सुदूरपश्चिम प्रदेशमा थप दुई जना मन्त्री नियुक्त भएका छन् । आज प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई जना नयाँ अनुहारलाई राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।
उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो । यस्तै यसअघि समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री रहेका कुलबीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।

Leave a Reply