सरकारले डा केसीलाई बोलायो वार्तामा, मागप्रति सकारात्मक भएको दाबी

काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसीलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

उनको मागप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै अनसन तोडेर वार्तामा विज्ञप्तिमा भनिएकाे छ।

पछिल्लोपटक डा. केसीले उठाएको मागको विषयमा प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एवम् शिक्षा मन्त्रालयका सचिव र नेपाल मेडिकल एशोसियसनको प्रतिनिधि रहेको वार्ता टोली गठन भएको पन्थद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *