किशोरीलाई बलात्कार गरेको आरोपमा बानियाँटारबाट युवक पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोखा नगरपालिकामा पर्ने बानियाँटारका २१ वर्षीय राजेश मगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *