काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि सोलुखुम्बुबाट काठमाडौं ल्याइएको छ । आमाको निधनका कारण गाउँमै किरियामा बसेका केसीको स्वास्थ्यमा अचानक प्रतिकुलता देखिएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बताएकी छन् ।
गौतमका अनुसार उनलाई हेलिकोप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । केसी आमा चन्द्र कुमारीको निधनको शोकमा छन् ।

Leave a Reply