माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः शहरीमन्त्री चौधरी

धादिङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।

एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले माधव नेपालले लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएकाले माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर  नहुने बताएका हुन् ।

पार्टी विद्रोहको औचित्यबारे मन्त्री चौधरीले सुनाए, ‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुपर्‍यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु पर्‍यो भन्ने पक्कै लागेको होला । अथवा हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नु पर्‍यो भन्ने मुख्य कुरा हो । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । त्यत्रो ठुलो पार्टी बनाएर पनि हुँदोरहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो । अर्काे कुरा कम्युनिष्टहरु तानाशाही हुन्छन् । संवैधानिक सर्वाेच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुन्थ्यो । हो, यस्ता प्रश्नहरुको हामीले जवाफ दिनु पर्ने भयो । अझै पनि मुलुकमा कम्युनिष्ट आन्दोलनको औचित्य छ र यसलाई पुनर्गठन गर्नुै पर्ने आवस्यकता भयो । जनताले पहिलो पटक बनाएको संविधान जोगाउनुपर्ने भयो ।’

करिब एक घण्टा प्रशिक्षणात्मक मन्तव्य राखेका मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरुको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे ।

हरेक युगमा अन्याय, शोषण र दमनका विरुद्ध विद्रोह भएको इतिहास रहेकाले एमालेबाट गरिएको विद्रोह माक्र्सवादी दर्शन शास्त्रीय कोणबाट समेत जायज रहेको मन्त्री चौधरीको भनाई थियो ।

 

Comments

One response to “माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः शहरीमन्त्री चौधरी”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो लागि त होला। पार्टी फुटाएर भए पनि मन्त्री खुवाए। जनताले त अब लखेटनेवाला छन् किनकी भारतीय दलाललाई जनताले गद्दार भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *