काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव एवं सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य देव गुरुङले अहिले शीर्ष नेतासँग गृहकार्य भइरहेको बताएका छन् ।
रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेतासँग गृहकार्य गरिरहेको बताएका हुन् ।
‘सिट बाँडफाँटबारे गृहकार्य चरिहरेको छ । दुई तीन राउण्ड छलफल भएको छ । एकमा शीर्ष नेताको उपस्थितिमा पनि भइसक्यो,’ उनले भने, ‘अहिले संयोजक ज्युले शीर्ष नेतासँग अन्तरकुन्तरको गृहकार्य गरिराख्नु भा’छ ।’ त्यो गृहकार्य एकाध दिनमा सकिने उनले बताए ।
‘त्यसपछि फेरि कार्यदलको बैठक बस्छ र सिट बाँडफाँट टुङ्ग्याउँछौँ,’ उनले भने ।

Leave a Reply