वाममोर्चा बनाउने प्रयासमा छौं, एमालेले पुनर्विचार गरे छलफल गर्छौं : महासचिव गुरुङ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वाममोर्चा निर्माणको प्रयास भइरहेको बताएका छन् ।

रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईको पार्टी लगायतसँग छलफल भइरहेको बताए ।

‘पाँचदलीय गठबन्धन पनि एउटा सहमतिको मोडल हो । यसबाहेक अधिकतम लचकताका साथ कम्युनिष्ट दलहरूसँग पनि मिलेर जानुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने,‘त्यसका लागि पछिल्लो समयमा वाममोर्चाको निर्माण गर्न सकिन्छ कि भनेर सहकार्य गरेर बढ्ने प्रक्रिया चलिरहेको छ ।’

महासचिव गुरुङले विगतमा नेकपा एमालेसँग गरिएको प्रयास असफल भएको बताए । ‘अझै पनि एमालेले पनि पुनर्विचार गरे छलफल गर्छौं । यसबाहेक छरिएर रहेका माओवादी र अन्य वाम घटकसँग सहकार्य गर्न माओवादी केन्द्र तयार छ ।’

तर, वामघटकमा भएको संकीर्णता र एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति बाधक रहेको उनको भनाइ थियो । मुलुकको अस्मिता जोगाउन कम्युनिष्टको एकता नै महत्वपूर्ण रहेको महासचिव गुरुङको जोड छ ।

Comments

One response to “वाममोर्चा बनाउने प्रयासमा छौं, एमालेले पुनर्विचार गरे छलफल गर्छौं : महासचिव गुरुङ (भिडिओ)”

  1. bharat kumar Thapa Avatar

    तपाईंहरू कम्युनिस्ट होइन त्यसकारण तपाईंको वाममोर्चा कम्युनिष्टहरूसंग हुदैन एउटा समाजवादी धारणा छ “” संसारभरका समाजवादी वामपन्थी हुन सबै वामपन्थी कम्युनिस्ट होइनन् “” मैले यसो भन्नुमा तपाईं स्थानीय विकास मन्त्री हुदा एकपटक भेट्ने मौका एउटा संस्थाले मिलाएको थियो त्यससमयममा पनि तपाईंको भर्सन वा बोली कांग्रेस परस्त थियो र कामकारबाही पनि , अब तपाईंहरू र कांग्रेसले समाजवादीको नाममा एकता गरेहुन्छ त्यसको उदाहरण MCC, SPP र नागरिकता विधेयक मत मिल्नु यस्तो सयौं उदाहरण दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *