ललितपुर-१८ काे निर्णय : वर्षमा २६ दिन बिदामा मासु बेच्न नपाइने

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले हरेक एकादशी, बुद्धजयन्ती र महाशिवरात्रीमा मिट होलिडे गर्ने निर्णय गरेको छ ।

सोमबार वडामा रहेका मासु व्यवसायी र वडा अध्यक्ष दामोदर खड्कासहित वडाको प्रतिनिधिसँग बसेको बैठकले सो निर्णय गरेको हो ।

निर्णयअनुसार सो वडामा वर्षमा २६ दिन मासु बिक्री निषेध गरिएको हो । वर्षभरी २४ दिन एकादशी र २ दिन दुई ठूला चाड पर्छन । बैठकले गरेको निर्णयलाई मासु व्यवसायीले स्वागत गरेका थिए । मासु व्यवसायी कृष्णप्रसाद खड्गीले वडा कार्यालयको निर्णयलाई सबै व्यवसायीले स्वीकार गरेको बताए । उनले १८ सँगै रहेको वडा नम्बर २५ लाई पनि यो नियम लागु गर्न आग्रह गर्नुपर्ने बताए । अर्का मासु व्यवसायी सुविन खड्गीले वडाको निर्णयलाई कार्यान्वयन गरेपछि व्यवहारिक हुन केही दिन लाग्ने बताए ।

बैठकमा वडा अध्यक्ष दामोदर खड्काले १८ सबै मासु व्यवसायीले गरेको निर्णयको स्वागत गरे । उनले भने– ललितपुर महानगरपालिकाका २९ वडा मध्य यो निर्णय गर्र्ने १८ नम्बर वडा पहिलो भएको दाबी गरे ।

उनले वडाबासीलाई स्वथ्य मासु खुवाउनुपर्ने, जो कोहीले देख्नेगरी काटमार गर्न नहुने, मासुको मुल्य सुचीमा एकरुपता गर्न मुल्य सूची राख्नुपर्ने लगायतको निर्णय भएको जानकारी दिए । उनले भने– हामीले तपाईहरुकै साथ र सहयोगमा यो निर्णय गरेका छौँ, यस्लाई एक महिनाभित्र कार्यान्वयन गर्नुस् । उनले सबैको सहमतिमा भएको निर्णय कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन गर्न जनाएको छ ।

वडा सचिव निरन श्रेष्ठले निर्णयबारे जानकारी गराउँदै एक महिनाभित्र कार्यान्वयन गर्न आग्रह गरे । वडाले सबै मासु व्यावसायीलाई निर्णयमा हस्ताक्षर गराई प्रतिबद्धता जनाउन लगाएको छ ।

वडा सदस्य निरज कुँबर र गोपाल डंगोलले निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । यसअघि वडा अध्यक्ष खड्कासहितको टोलीले वडाका सबै मासु पसलको निरीक्षण गरेको थियो ।

त्यसक्रममा देखिएका कमिकमजोरीको विषयमा छलफल गरी निर्णय भएको थियो । वडा अध्यक्ष खड्काले एकसाता अघि गरेको निरीक्षणपछि बैठक बोलाएर निर्णय गर्न लगाइएको बताए । उनले निर्णय कार्यान्वयन गर्नु व्यवसायीको मुख्य दायित्व भएको बताउँदै त्यसलाई कडाइका साथ लागु गराइने बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *