बजेटमा नतोकिएका नयाँ कार्यक्रम नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ । आयोगले तीनै तहका सरकारलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले शनिवार विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने भन्दै समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने आयोगको भनाइ छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति २०७९ मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुने गरी घोषणा भई निर्वाचनको तयारीका कार्यहरू भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न/नगराउन नेपाल सरकार, सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरूलाई आयोगले निर्देशन दिएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *