अनशनमा अप्रिय दृष्य- निहारिकाले थप्पड हानिन्, प्रहरीले थुकिन् (भिडिओ)

काठमाडौ । १७ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूत र प्रहरीबीच आज हात हालाहाल भएको छ । निहारिकाले आक्रोशमा थप्पड हानेपछि महिला प्रहरीले उनलाई थुकेकी छन् ।

महाराजगन्जस्थित प्रहरी अस्पतालमा दिउसो सो घटना भएको हो । निहारिकाले आफ्ना माग सम्बोधन नभएको विषयमा आज ३ बजे पत्रकार सम्मेलन आयोजना गरेकी थिइन । तर उनलाई प्रहरीले गेट बाहिर निस्किन दिएन । साथै पत्रकारलाई पनि भित्र पस्न दिइएन ।

बाहिर निस्कन प्रयास गर्ने क्रममा प्रहरीसित उनले भनाभन गरिन् । प्रहरीले उनलाई सम्झाउने प्रयास गरेका थिए । तर उनले एक महिला प्रहरीलाई थप्पड हानिन् । ती महिला प्रहरीले पनि आवेशमा आएर निहारिकाको अनुहारमै थुकिन् ।

उनले ‘थुक्क खातिनी’ भन्दै थुकेको भिडिओमा देखिन्छ ।

त्यसपछि थप आक्रोशित बनेकी निहारिकालाई प्रहरीले लछारपछार गर्दै भित्र लगेको छ । निहारिकासँगै रहेका उनका साथीहरूलाई पनि कोठाभित्र थुनेर राखिएको छ ।

निहारिकाको अनशनको आज १८ औ दिन हो । उनी प्रहरी अस्पतालमै अनशन बसिरहेकी छन् ।

Comments

3 responses to “अनशनमा अप्रिय दृष्य- निहारिकाले थप्पड हानिन्, प्रहरीले थुकिन् (भिडिओ)”

  1. कृष्ण सारु मगर Avatar
    कृष्ण सारु मगर

    नेपाल महिला प्रहरीलाई अपमानित हुनु भने धेरै दुखद हो सरकारले अविलम्ब उनको माग पूरा गरोस् ।

  2. नारायण रोकाय क्षेत्री Avatar
    नारायण रोकाय क्षेत्री

    प्रहरी माथी हात नहाल्नु पर्ने हो हात हाले पछि तेस्लाइ पनि हात ले नै जबाब दिनु पर्ने या भित्र थुना मा राख्नु पर्ने थुक्नु नपर्ने तर थुके पनि उस्को एक दम को व्यबहार मा थुक कै लाएक भएको ले महिला प्रहरी को गल्ती मानी दैन

  3. Ghana Shyam Pandey Avatar
    Ghana Shyam Pandey

    के खादै अनसन बस्छिन इनि ,?
    यति सारो जोस आउदो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *