ओलीप्रति माधव नेपालको टिप्पणी- मैले भात खुवाएर पैसा समेत दिएर पठाएको मान्छेले फुर्ति गर्ने ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

नेपालले भने– को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ?

ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।

उनले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोह सही भएको भन्दै नत्र अहिले एमालेमा रहेका १० भाइको जस्तो हरिबिजोग हुने बताए ।

Comments

5 responses to “ओलीप्रति माधव नेपालको टिप्पणी- मैले भात खुवाएर पैसा समेत दिएर पठाएको मान्छेले फुर्ति गर्ने ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    विचारमा टाट पल्टिए पछि यस्ता कुरा आउँदा रहेछन्। राजनीतिमा यो मान्छेको हर्कतले ठूलो विकृति भित्रिने देखिन्छ। चरम अवसरवादी, नातागोताका लागि राजनीतिलाई पेशा बनाउने यस्ता भ्रष्टले राजनीतिलाई विकृत बनाए।

  2. shojhoketo Avatar

    त्यत्रो बर्ष पार्टी प्रमुख र प्रधानमन्त्री सम्म भइसकेको मान्छे कतिसम्म गिरेर बोल्न सकेको होला ? यनको सोच कति सानो र घटिया रहेछ भन्ने प्रष्टै भइसकेको थियो झन स्पष्ट हुंदै छ । अब कुन दिन सानो हुंदा ओलिले राती ओछ्यान मुत्थे भन्न बेर छैन । यस्ता नेतालाई यसपालिको चुनावमा माअि औंलो । यसको मतलब ओलि गतिला भन्ने पनि होइन , उनी पनि बिध्यार्थी स्तरबाट बोलिने भाषा भन्दा पनि तल ओर्लिसकेका छन – उता झलनाथ त्यस्तै । अर्का महान गौरवशाली ढंटुवाको र कुरैछोडौं , घुमाइ फिराइ आफैंमा मात्र केन्द्रित अनि ढांट छल कपट खेलो फड्को , ठेकेदार , ठुला तश्कर र ब्यापारी बि हाउस भए पुगेको छ ।

  3. jagadish prasad oli Avatar
    jagadish prasad oli

    म कम्युनिस्ट बिचार बाेकेकाे मान्छे हाेईन,उच्च अाेहाेदामा बसेकाे माधवजिकाे भनाई देख्दा यति तलकाे साेच हाेला जस्ताे लागेकाे थियन।कसैले पनि तेसमा पनि नेताजि हरुले नबाेलिदिय राम्राे चेतना भया।

  4. kp Avatar
    kp

    हामीले ख्वाएको भात चै बिर्सेंउ माधव बाबु । चरम अवसरबदी रहेछौ ।

  5. prakash lamsal Avatar
    prakash lamsal

    यो त गुरु भन्दा चेला धेरै क्षमतावान हुन सक्दैनन् भन्ने जस्तै हास्यास्पद कुरा भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *