बालेनका ‘डुप्लिकेट’ ले गरे उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ का डुप्लिकेटका रूपमा चर्चित सुनिल रिजालले मंसिर ४ को संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ९ उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले औपचारिक उम्मेदवारी घोषणा गर्ने रिजालले बताए । जित्ने लक्ष्यसहित चुनावमा होमिएको भन्दै उनले समृद्ध नेपाल र नेपालीको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

प्राविधिक शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना, उद्यमशीलता आफ्नो मुख्य प्राथमिकतामा रहने उनले बताए । गरिबी निवारण, कृषि उत्पादन, पर्यटन, धार्मिक, कला, भेषभुषा, संस्कृतिलाई प्रवर्द्धनलाई जोड दिएको रिजालको भनाइ छ ।

धादिङ धुनिबेँसी जन्म भई चन्द्रागिरी नपा- १३ मालिकाका स्थायी बासिन्दा रिजाल विगतमा सरकारी सेवामा थिए । गरिबी निवारण कोषमा लेखा तथा प्रशासन महाशाखा प्रमुख भएर काम गरेको उनले बताए । कोष खारेजीमा परेपश्चात उनी सरकारी सेवाबाटै बाहिरिएका हुन् ।

यस्ता छन् उनका एज‍ेण्डा-

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *