नागरिकता विधेयक पुनः पारित भएपछि कस्ले के भने ?

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले गैर संसदीय मूल्यमान्यता विपरीत नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।

नागरिकता विधेयक पारित भएपनि बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले नागरिकता विधेयक बहुमतले पारित गरेर सत्तारुढ दललाई नै पश्चाताप हुने काम गरेको बताए । उनले संसदीय मूल्यमान्यता मान्नेहरुका लागि यो गम्भीर विषय भएको बताए ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता बिधेयक फिर्ता पठाउनु गल्ती भएको कुरा संसदले सावित गरेको जिकिर गरे । नेपाली नागरिकलाई नागरिकता बिहीन बनाएर राख्नुहुन्न भन्ने सन्देश गएको उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नबिचारका लागि पठाइएको बिधेयकलाई जस्ताको जस्तै पारित हुनु उचित नभएको बताए ।

बिहीबारको प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको थियो ।

Comments

One response to “नागरिकता विधेयक पुनः पारित भएपछि कस्ले के भने ?”

  1. ksp pyl Avatar
    ksp pyl

    एमसिसि बेठिक‌, नागरिकता बेठिक अनि गठबन्धन ठिक कसरी दुर्गादिदी? चुनावमा उनीहरूको भोटले जितेका भनेर हो? हो भने धिक्कार छ तपाईंजस्ता यान्त्रिक व्यक्तिलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *