माधव नेपालको दाबी– चुनावमा गठबन्धन कायमै रहने घोषणा भोलि गर्छौं, तेस्रो मोर्चा पनि बन्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घोषित प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धन कायमै रहने घोषणा भोलि नै हुने बताएका छन् ।

चुनावको मिति घोषणालगत्तै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने– गठबन्धन रहन्छ भनेर भोलि घोषणा गर्दैछौं । गठबन्धन कायम हुन्छ र गठबन्धनभित्रै अर्को मोर्चा पनि बन्छ तेस्रो शक्ति । तेस्रो शक्तिमा नेकपा एस, माओवादी केन्द्र, जसपा र राजमो एक ठाउँमा गोलबन्द हुन जरुरी छ । कांग्रेसलाई के परेको हुनसक्छ भने हामी नै सबैथोक हौं,त्यसैले पनि जरुरी छ ।

अध्यक्ष नेपालले गठबन्धनको मात्र भर पर्न नहुने भन्दै भोलि रोएर बस्नुपर्ने अवस्था आउन नदिन आफ्नो शक्तिमा चुनाव लड्ने तयारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

उनले एमालेको नाम नलिई जसले अर्काको अस्तित्व स्वीकार गर्दैन उसँग वाम गठबन्धन गरिदेऊ भनेर नजाने बताए ।

Comments

One response to “माधव नेपालको दाबी– चुनावमा गठबन्धन कायमै रहने घोषणा भोलि गर्छौं, तेस्रो मोर्चा पनि बन्छ (भिडिओ)”

  1. Ksp Pyl Avatar
    Ksp Pyl

    काँग्रेसको खुट्टामा परें भने हुन्छ दलाल देश बेचुवाहरूले किन गठबन्धन मात्र भन्नु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *