धरान उपमहानगरमा बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड (भिडिओ)

इटहरी । धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ ।

आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सोक्रममा झ्यालका केही सिसा फुटेको छ ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै पछिल्लो एक वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ता आन्दोलनमा छन् । २०७८ पुस २३ गतेको बराहको १२औँ साधारण सभामा सहकारी नाफामा रहेको भन्दै सेयर बाँडिएपछि पीडित बचतकर्ताहरूले आफ्नो हिसाबकिताब खोज्दै प्रदर्शन गरिरहेका हुन् ।

पीडितहरूले आफ्नो माग राख्दा कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भनेर मेयर साम्पाङले भनेपछि आफूहरू आक्रोशित भएको एक सेयर सदस्यले बताए ।

पीडितहरूको आज पनि उपमहानगरपालिका कार्यालयमा दबाब कार्यक्रम राखेका छन् ।

Comments

2 responses to “धरान उपमहानगरमा बराह सहकारीपीडितको प्रदर्शन, मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड (भिडिओ)”

  1. Gyan kumar chaudhary Avatar
    Gyan kumar chaudhary

    याे नेपाली भेडा जनताको काम छैन नेपालमा जसले जे जति राम्रो काम गरे ता पनि सुख छैन थुक्क नेपाली भेडा जनता हो धिकार छ…

  2. रबिकुमार गिरि Avatar

    वास्तवमा धरानको बराहा सहकारी र डिपार्टमेन्ट स्टाेर पुर्बान्चलकाे ठूलो धनराशि बाट सन्चालित ब्यापार ब्यबसाय हाे,बराहाले धेरै स्थानीय बासि र अन्य नागरिकको मन जितेको थियो र धेरै जनता लाई अाकर्सित गरेको थियो ,तेसैले हजारौंको संख्यामा नागरिक ले सहकारी मा रकम जम्मा गरेर केही ब्याज लिदै अाफ्नाे घर ब्यबहर टारिरहेका थिए,अरबाै सम्पत्ति नागरिक बाट असुली गरेर चलाइएको सहकारी का सन्चालक हरुले करोडौं रकम झिकेर अाफ्नाे निजी ठूलाठूला बिल्डिङ बनाउने र घरमै निजि ब्यबसाय सन्चालन गरि मिलेमतोमा बचतकर्ताकाे धन सम्पत्ति हिनामिना गरेर अहिले भागेको अवस्था धुर्बसत्य हाे,कतिपय बचतकर्ताकाे त्यही रकम बाट घर परिवार काे खाने कुरा,बच्चा काे स्कुल फिस अादि चलिरहेको थियो ,अचानक सहकारीको धनसम्पत्तिमाथि सन्चालक हरुले नै बैमान गरे पछि बचतकर्ताकाे पेटमा अाज लात हानिएको छ।अाक्राेसित हुनु स्वभाबिकै हाे ,तर धैर्रेधारण गर्नु पनि धेरै महत्त्वपूर्ण कुरा हाे।पैसा उठाउने र सहकारी बन्द गरेर नागरिक लाई बिजाेग पार्ने ,घर न घाटकाे पार्ने सहकारी का सन्चालक हरु अति खराब भरि्टाचारि हुन ।उनिहरुलाइ कारबाही हुनैपर्छ ।बचतकर्ताकाे लगानी फिर्ता हुनैपर्छ ।बराहाका सन्चालक ले जनताको धराैटि रकम फिर्ता गर्नैपर्छ ।स्थानीय सरकारले कुनै तरिकाले यो समस्या समाधान गरि दिए मेयर हर्क साङपांङ बधाई का पात्र बन्नुहुनेछ।अार्थिक अपचलन गरेर बराहका सन्चालकहरु ले उन्मुक्ति पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *