काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को संक्रमण दर लगातार बढ्दै गइरहेको भन्दै सबै सदस्यलाई मास्क अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बैठकमा बोल्दै सांसद दिव्यमणी राजभण्डारीले पोडिएममा बोल्दा बाहेक सबै सदस्यलाई अनिवार्य मास्क लगाउनका लागि आग्रह गर्न सभामुख सापकोटाको ध्यानाकर्षण गराए लगत्तै सभामुख सापकोटाले यस्तो आग्रह गरेका हुन् ।
सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यलाई विदितै छ । तसर्थ संसद्का बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछु ।’

Leave a Reply