काठमाडौं। दक्षिण अफ्रिकाबाट नेपालमा हेरोइनको तस्करी कायमै रहेको पाइएको छ। लागु औषध नियन्त्रण ब्युरोले चार केजी हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ६१ वर्षीय ज्याक्सन एन्टन एंगलब्रेच्ट रहेका छन्। एंगलब्रेच्ट जोहानेसबर्गबाट दुबई हुँदै शुक्रबार काठमाडौं आईपुगेका थिए।
महिलाहरु पक्राउ पर्न थालेपछि तस्करले पुरुषहरुलाई हेरोइन बोकाएर काठमाडौं पठाउने गरेको पाइएपछि ब्युरोले त्यहाँबाट आउने यात्रुहरुमा निगरानी बढाएको थियो।
गत महिना मात्र ५१ केजी हेरोइनसहित सात जना महिला पक्राउ परेका थिए। प्रहरीले एंगलब्रेच्टले ल्याएको हेरोइन भारत लैजान आएकी भारतीय नागरिक ३२ वर्षीया जोथानलाङ्गी र नेपाली ट्याक्सी चालक ५३ वर्षीय सुकेश तामाङलाई पनि पक्राउ गरेको छ।

Leave a Reply