पहिरोले पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक अवरुद्ध

दमौली । पृथ्वी राजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो ।

सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *