काठमाडौं । किर्गिस्तानको लेनिन पिक चढ्न जान लागेका आरोही लालबहादुर जिरेललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सफलताको कामनासहित बिदाई गरेका छन् ।
सगरमाथासहित नेपालका साना-ठूला हिमाल आरोहण गरिसकेका दोलखा निवासी जिरेलले लेनिन पिकमा नेकपा एसको चुनाव चिन्ह कलमअंकित झण्डा फहराउने इच्छा व्यक्त गरेकाले झण्डा हस्तान्तरण गरिएको नेपालको सचिवालयले जनाएको छ ।
आलोकनगस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष नेपालले आरोही जिरेललाई बिदाई गरेका छन् । उक्त अवसरमा दोलखा पार्टी अध्यक्ष भिमप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य रामबहादुर खड्का, युवा संघ उपमहासचिव अशोककुमार दाहाललगायतको उपस्थिति थियो ।

Leave a Reply