मेटमणिको प्रतिबद्धता- पदमा बसुञ्जेल इमानदार भएर काम गर्छु

काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरी इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री चौधरीले देशको विकासको लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे । मुलुकमा ठूला-ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले इमानदारितापूर्वक योगदान दिनुपर्ने बेला आएकोमा जोड दिए

गलत काम गर्दा पनि साथ दिने अनि राम्रो काममा विरोध गर्ने नेपाली परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

Comments

One response to “मेटमणिको प्रतिबद्धता- पदमा बसुञ्जेल इमानदार भएर काम गर्छु”

  1. ksp pyl Avatar
    ksp pyl

    ईमानदार त हुन्छाै नि तर ठेकेदार र माधवकाे हाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *