काम गर्ने क्रममा बोल्न नजानेको भए नियत नठान्नु : प्रेम आले

काठमाडौं । पर्यटन मन्त्रीबाट राजीनामा दिएका प्रेम आलेले आफू जनजातिको छोरो भएकाले सिधा कुरा गर्ने बताएका छन् । काम गर्ने क्रममा बोल्न नजानेको भए त्यसलाई गलत रूपमा नलिन उनले आग्रह गरे ।

आज मन्त्रालयमा बिदाइका क्रममा आयोजित पत्रकार सम्मेलनमा आलेले भने, ‘मैले कहिले पनि दुई थर कुरा गरेको छैन । जहिले पनि एउटै कुरा गरेँ । यदि मैले बोल्न नजानेको भए मेरो नियत थियो भन्ने नठान्नुहोला । मबाट केही त्रुटि भएको भए त्यसलाई रियलाइज गर्ने नै छु ।’

आज संसदमा एक सांसदले आलेमाथि उनले हालै एक कर्मचारीलाई तुच्छ गाली गरेको बारे प्रश्न गरेकी थिइन् । उक्त प्रश्नमा आलेले कुनै जवाफ दिएका थिएनन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा आलेले आज त्यस्तो प्रश्न सोध्नै नमिल्ने तर्क दिए ।

‘आज यो विषय कार्यसूचीमा नै थिएन । यो घटना भएको १२/१५ दिन भइसक्यो । आजका दिनसम्म माननीय सांसदले किन कानमा तेल हालेर बस्नु भयो ? पहिल्यै सोधेको भए जवाफ दिन तयार थिएँ,’ आलेले भने ।

उनले यस घटनाबारे सचिवालयले प्रस्टीकरण दिइसकेको भन्दै थप बोलेनन् ।

Comments

One response to “काम गर्ने क्रममा बोल्न नजानेको भए नियत नठान्नु : प्रेम आले”

  1. उमेश Avatar
    उमेश

    यो दुनियाँमा राम्रो काम गर्ने लाई कहिले सम्मान गरिदैन किनकि 1/2 पाइला सार्न खोज्यो तान्न सुरु गर्ने यो नेपालको राजनिती फोहोर जस्तो सडेको भै सक्यो सडेको अरु भन्दा पनि आफन्त वाद गर्ने नेता माधब नेपाल रहिछ्न उनलाई देश बिकास गाराउन भन्दा मन्त्री फेर बदल गर्ने ठुलो चासो राख्ने नेता रहिछ्न।अब नेता होईन बिचेता भन्नू पर्छ यस्ताको सङागत र भर बिस्वास कसैले नगरम र मन्त्र आलेले पनि राम्रो सोच र बिचार गरेर माधब को बिस्वास गर्न आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *