काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे जानकारी दिन आयोजना गरेको घोषणा सभा सुरू भएको छ । राष्ट्रिय सभागृहमा लामिछानेका समर्थकहरू बाक्लो संख्यामा भेला भएका छन् ।
लामिछानेले आज नयाँ पार्टीको घोषणा गर्ने बताइएको छ । उनले गठन गर्ने पार्टीको बारेमा कुनै पनि सूचना दिइएको छैन । पार्टीको नेतृत्व लामिछाने स्वयम्ले गर्ने निश्चित भए पनि अन्य विवरणहरू गोप्य राखिएको छ ।



राष्ट्रिय सभागृह आउनुअघि लामिछानेले शहीदगेटमा पुगेर शहीदहरूको सम्मानमा माल्यार्पण गरेका थिए । त्यसअघि उनी पत्नी निकितासहित पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चनासमेत गरेका थिए ।





Leave a Reply