काठमाडौं । सात महिला संघसंगठनले मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

ग्राण्ड फिनाले दिउँसो ३ बजेदेखि सुरु हुने भनिएपछि सात महिला संघसंगठनले आजै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘महिला माल होइन, मान्छे हो’ भन्दै मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गरेका छन् ।

सुन्दरी प्रतियोगिताका सहभागी युवतीहरु यौन दुर्व्यवहारको शिकार भएको भन्दै उनीहरुलाई भित्री गुण र क्षमता तथा योग्यताभन्दा शरीरको बनावट, रुप र रंगमा जोड दिने सुन्दरी प्रतियोगिताको औचित्य नभएको उनीहरुको भनाइ छ ।

हालै मिस ग्लोबल इन्टरनेशनलमा सहभागी एक युवतीले आफू आयोजकबाट यौन शोषणमा परेको घटना सार्वजनिक गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पाण्डे प्रहरी नियन्त्रणमा रहेका छन् ।

तस्बिरहरुः उमेश कार्की

Leave a Reply