नेपाल टी- २० लिगका फ्रेन्चाइज किन्न क्यानले गर्‍यो टेण्डर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगका ६ फ्रेन्चाइजका मालिक खोज्दै शुक्रबार टेन्डर निकालेको छ।

फ्रेन्चाइजको मालिक बन्न चाहने व्यापारिक घराना तथा समूहका लागि यो अवसर हुनेछ। क्यानका अनुसार आगामी जुन १० तारिखसम्म टेन्डरका लागि आवेदन दिन सकिनेछ।

क्यानले पहिलोपटक आफैं फ्रेन्चाइज लिग गर्न लागेको हो। तर भइरहेका अन्य फ्रेन्चाइज लिगले मान्यता नपाउने निर्णय गरेपछि क्यान विवादमा छ।

एभरेस्ट प्रिमियर लिग (ईपीएल) र त्यसका सहभागी ६ फ्रेन्चाइजले क्यानको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दर्ता गरेका छन्। ईपीएललाई मान्यता नदिइए क्यानलाई गर्दै आएको सहयोग रोक्ने फ्रेन्चाइजहरुको चेतावनी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *