काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताए ।
बैठकमा ओलीको सम्बोधन जारी छ । उनले यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने बताए ।



Leave a Reply