सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम

रुपन्देही । बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन आग्रह गरेको छ ।

नवनिर्वाचित मेयर दिपेश थारुले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई यस्तो जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण कार्यालयमा पेस गर्न सबै विद्यालयलाई पत्राचार गसिकेका छन् ।

सो पत्रमा शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ (ङ)को उपदफा ५ को ६ मा उल्लेखित व्यवस्था उल्लंघन गरी कनै दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने आचारणमा नपर्न सबैलाई आग्रह गरिएको छ ।

Comments

3 responses to “सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम”

  1. Khadka Bista Avatar
    Khadka Bista

    Ramro kam

  2. मानव दर्लामी Avatar
    मानव दर्लामी

    सहि निर्णय

    1. अर्जुन अर्याल Avatar

      अति उत्तम कदम

Leave a Reply

Your email address will not be published. Required fields are marked *