उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त

इटहरी । नेकपा (एमाले)का प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले हातपात गरेका छन् ।

आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेका हुन् ।

सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए।

हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । इटहरी प्रहरीलेले अहिलेसम्म कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई पक्राउ गरेको छैन।

Comments

One response to “उपमेयरमा हारेपछि नेकपा एस उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरी तनावग्रस्त”

  1. Kailash wista Avatar

    Wow, kailash keep it up.

Leave a Reply

Your email address will not be published. Required fields are marked *