अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ ।
मतगणनाको आधिकारिक विवरण अनुसार वडाध्यक्षमा एमालेका टंक साउद ५४८ मतले बिजयी हुँदा नेकपा एसका टेक रावल ३९२ मतमा रोकिएका छन् ।
सदस्यहरुमा पनि एमालेकै राधा साउद, लक्ष्मी लुहार, रम्भा रावल र चन्दा रावल निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा एमालेको लोकबहादुर साउदले ४९१ मत पाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका टेकवहादुर साउदले ४६९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी विन्दु रावलले ५८ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रकी निर्मला साउदको ३६५ मत आएको छ ।

Leave a Reply