गठबन्धन जिन्दावाद, जिन्दावाद, जिन्दावाद : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले धेरै वर्षसम्म गठबन्धन टिकाउनु नै सबै पार्टीको हितमा हुने बताए । ‘म त भन्छु यो गठबन्धन धेरै वर्षसम्म बचाउनुपर्छ । गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ’, देउवाले भने ।

गठबन्धनकै कारण मुलुकले केपी ओलीको अतिवादबाट मुक्ति पाएको भन्दै देउवाले ओलीशासन नबिर्सिन काठमाडौंबासीलाई आग्रह गरे ।

‘म प्रधानमन्त्री भएपछि सबैले ओलीशासनबाट मुक्ति पायौं भनेको होइन ? ८-९ महिनामै बिर्सनु हुँदैन’, उनले भने ।

मन्तव्यको अन्त्यमा देउवाले भने, ‘गठबन्धन जिन्दावाद, जिन्दावाद, जिन्दावाद । गठबन्धनलाई जिताउनुपर्छ, जिताउनुपर्छ , जिताउनुपर्छ ।’

Comments

2 responses to “गठबन्धन जिन्दावाद, जिन्दावाद, जिन्दावाद : देउवा”

  1. कमलीकान्त भेटुवाल, लोकगायक Avatar
    कमलीकान्त भेटुवाल, लोकगायक

    काइते तर्क। देशको कार्यकारि अधिकार प्राप्त राजनेताबाट यस्तो बोली आउछ भन्ने सोचेको पनि थिईन। केको जिन्दावाद हो? तीनतीन चोटि। नो तर्क। नेपाली जनताको एकमात्र अन्नदाता, सुुरक्षादाता बनिदिनुस। यसैमाछ कल्याण।

  2. ksp pyl Avatar
    ksp pyl

    यस्ता असक्षमलाई पनि प्रधानमन्त्री मान्नुपर्ने बिडम्बना याे देशकाे । ओलि शासनकाे विराेधगर्ने त दलाल, तस्कर, भ्रष्टाचारी, ठग व्यापारी र गठबन्धननामका भारतीय दलाल मात्र हुन् ।नेपाली जनताले ओलि शासन खाेजेका छन् ।त्यसैले चुनावमा याे गठबन्धनलाई धूलाे चटाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *